Nepal Life

६ कम्पनीको शेयरमूल्य समायोजन, सस्तोमा शेयर किन्ने अवसर

NMB Bank
  • BFIS News
  • 2023 Dec 29 10:46
६ कम्पनीको शेयरमूल्य समायोजन, सस्तोमा शेयर किन्ने अवसर
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

Shikhar
Nepal Life
NIMB

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन हिमालयन डिष्टिलरीको १० प्रतिशत, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत, घोराही सिमेन्ट्सको १५ प्रतिशत, सपोर्ट लघुवित्तको १३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १० प्रतिशत र राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजपश्चात हिमालयनको शेयरमूल्य १ हजार ७२५ रुपैयाँ ४५ पैसा, साना किसानको ८८८ रुपैयाँ ३२ पैसा, घोराहीको ५०२ रुपैयाँ ६१ पैसा, सपोर्ट लघुवित्तको ९५५ रुपैयाँ ७५ पैसा, आत्मनिर्भरको १ हजार ६५९ रुपैयाँ ९ पैसा र राधी विद्युतको २२८ रुपैयाँ ६४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, हिमालयन डिष्टिलरीको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार ८९८ रुपैयाँ, साना किसानको १ हजार १४ रुपैयाँ ९० पैसा, घोराहीको ५७८ रुपैयाँ, सपोर्टको १ हजार ८० रुपैयाँ आत्मनिर्भरको १ हजार ८२५ रुपैयाँ र राधीको २३९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया