Nepal Life

क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न

NMB Bank
  • BFIS News
  • 2023 Jul 18 21:23
क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न
United Ajod

काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता विश्वराज भट्टराईले अध्यक्ष डा. मनोजमान श्रेष्ठसहितका पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई पद तथा गोपनयिताको शपथ ग्रहण गराएका हुन् । 

 

Shikhar
Nepal Life
NIMB

मिति २०८० बैशाख १६ गते भएको निर्वाचनबाट निर्विरोध निर्वाचित हुनु भएका कार्य समितिका पदाधिकारी र सदस्य तथा आजै बसेको सञ्चालक समितिले मनोनित गरेका थप दुई जना सञ्चालक तथा पदेन सदस्यसहित कूल १४ जना पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । नव निर्वाचित पदाधिकारीहरुको पदावधी चार वर्षको हुनेछ ।  

कार्यक्रममा पूर्व अध्यक्ष बिजय बहादुर मालीले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्वाचित कार्य समितिमा अध्यक्ष डा. मनोजमान श्रेष्ठ, उपाध्याक्ष कुमारदेव मानन्धर, महासचिव डा.कृष्टिना श्रेष्ठ, सचिव जगदीश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सह कोषाध्यक्ष कृष्ण प्रसाद मानन्धरले शपथ लिएका छन् । त्यसैगरी, कार्यकारिणी सदस्यहरुमा डा. निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल चन्द्र मानन्धरले पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ कार्य समितिको बैठकबाट सजनी जोशी र कपिल श्रेष्ठलाई कार्य समितिको सदस्यमा मनोनित गरिएको छ । त्यस्तै, नविन मानन्धरलाई पदेन सदस्यको रुपमा मनोनित गरिएको छ । 
क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पूँजीबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया