Nepal Life

रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्न पायो अनुमति, न्युनतम ६०८ रुपैयाँ पर्ने

NMB Bank
  • BFIS News
  • 2024 Jan 05 16:30
रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्न पायो अनुमति, न्युनतम ६०८ रुपैयाँ पर्ने
United Ajod

काठमाडौै । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई पनि बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनको अनुमति दिएको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगीकर्तालाई शेयर निष्कासन गर्नेछ । ४० प्रतिशत हुन आउने शेयर निष्कासनको लागि अनुमति दिइएको हो। अहिलेलाई कम्पनीको प्रति कित्ता मूल्य न्यूनतम ६०८ रुपैयाँ र अधिकतम १२ सय रुपैयाँसम्मको रेन्ज बोर्डले तोकिदिएको छ। सोही मूल्य भित्र रहेर क्युआइआइले बिड गर्नु पर्ने छ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताको लागि सात लाख ७० हजार ६४० कित्ता शेयर निष्कासन गर्ने छ। कम्पनीले कुल १९ लाख २६ हजार ६ सय कित्ता शेयर निष्कासन गर्ने छ। जसमा योग्य संस्थागत लगानीकर्तालाई छुट्ट्याएको शेयर घटाएर आउने सबै शेयर सर्वसाधारणले पाउने छन्। सर्वसाधारणले पाउने शेयरबाटै उद्योग प्रभावित क्षेत्र,कम्पनीका कर्मचारी,वैदेशिक श्रमिक,म्युचुअल फण्डलाई वितरण गरिने छ।

सर्वसाधारणले प्रति कित्ता कतिमा किन्नु पर्ने हो त्यो भने योग्य संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँड गरेपछि मात्रै थाहा हुने छ। क्युआइआइलाई तय भएको कट अफ मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई मूल्य तोकिने छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया