Nepal Life

प्रभु क्यापिटलद्वारा ‘लोयल्टी प्वाइन्ट्स’ र ‘रिफरल स्किम’ सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2023 Jul 18 21:37
प्रभु क्यापिटलद्वारा ‘लोयल्टी प्वाइन्ट्स’ र ‘रिफरल स्किम’ सञ्चालनमा
United Ajod

काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले सेवाग्राहीका लागि सेवासँगै लोयल्टी प्वाइन्ट्स अफर साथै रिफरल स्किम लन्च गरेको छ ।

Shikhar
Nepal Life
NIMB

ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएको प्रभु क्यापिटलले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको जनाएको छ । लोयल्टी पोइन्टस् र रिफरलको अफर क्यापिटलले आज (साउन १ गते) देखि सार्वजनिक गरेको हो ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोइन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले प्वाइन्ट्स आफ्नो डिम्याट तथा मेरो सेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आवद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार लोयल्टी प्वाइन्ट्सको श्रेणी निम्न अनुसार हुनेछः

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।

लोयल्टी प्वाइन्ट्स अफर तथा रिफरल स्किमको बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउनसकिने क्यापिटलले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया