Nepal Life

बीमा प्राधिकरणले गर्यो लगानी निर्देेशिका संशोधन, इन्भेष्टमेन्ट कम्पनीमा पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jan 07 17:50
बीमा प्राधिकरणले गर्यो लगानी निर्देेशिका संशोधन, इन्भेष्टमेन्ट कम्पनीमा पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने
United Ajod

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुको लगानी निर्देशन संशोधन गर्दै इन्भेष्टमेन्ट कम्पनीको शेयरमा चुक्ता पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने बाटो खुला गरिदिएको छ । यस भन्दा अगाडी बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा चुक्ता पूँजीको ५ प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।

Shikhar
Nepal Life
NIMB

बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरेको हो । पब्लिक कम्पनीको शेयरको साथै बीमा कम्पनीले अब प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा पनि लगानी गर्न पाउने भएको छ। नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु जीवन, लघु निर्जीवन र पुनर्बीमा कम्पनीले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने गरी लगानी निर्देशिका संशोधन गरेको हो ।

प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, लघु जीवन बीमकको लगानी (पहिलो संशोधन), लघु निर्जीवन बीमकको लगानी (पहिलो संशोधन र २०८० पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न सक्ने सक्ने प्राधिकरणको निर्देशनमा उल्लेख छ । कम्पनीले कुल लगानीको बढीमा १.५ प्रतिशतसम्म यस्ता प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने छन् भने एकै फण्डमा बढीमा १ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। प्राधिकरणको सञ्चालक समितिले पुस ५ गते लगानी निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया