Nepal Life

हाथवे इन्भेष्टमेन्टको १० % बोनस शेयर पारित, सर्वसाधारण समुहबाट केशव कोइराला र शिव चन्द्र कार्की निर्वाचित

NMB Bank
  • BFIS News
  • 2024 Jan 11 16:20
हाथवे इन्भेष्टमेन्टको १० %  बोनस शेयर पारित, सर्वसाधारण समुहबाट केशव कोइराला र शिव चन्द्र कार्की निर्वाचित
United Ajod

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांस वितरण गर्ने निर्णय पारित गरेको छ। 

Shikhar
Nepal Life
NIMB

कम्पनीले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बोनस सेयर पारित गरेपछि चुक्ता पुँजी एक अर्ब २८ करोड ७० लाख रुपैयाँ पुग्ने छ।

साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट दुई संचालकमा सेयर बजारका चर्चित विश्लेषक केशव कोइराला र शिव चन्द्र कार्की निर्वाचित भएका छन्। 

कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते  बुक क्लोजको गरेको थियो । अर्थात पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया