Nepal Life

आइएमई लाइफको आक्रामक बजार विस्तारमा ३२ एमडिआरटीको योगदान, इन्ड्रस्ट्रि ग्रोथ ३.७५ % हुँदा आइएमईको ११.१८ %

NMB Bank
  • BFIS News
  • 2024 Jan 13 09:23
आइएमई लाइफको आक्रामक बजार विस्तारमा ३२ एमडिआरटीको योगदान, इन्ड्रस्ट्रि ग्रोथ ३.७५ % हुँदा आइएमईको ११.१८ %
United Ajod

काठमाडौं । आइएमई लाइफको आक्रामक बजार विस्तारमा ३२ एमडिआरटीले ठुलो योगदान पुर्याएका छन् । सन् २०२४ का लगि कम्पनीबाट ३२ जना एमडिआरटी बनेका छन् । जसमा बागमति प्रदेशबाट ११ जना, कोशी प्रदेशबाट १२ जना, लुम्बिनी प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट २ जना, मधेष प्रदेशबाट एक जना र कर्णाली प्रदेशबाट एक जना बनेका छन् ।

Shikhar
Nepal Life
NIMB

वागमति प्रदेश अन्तर्गत बानेश्वर शाखाबाट मेनुका राइ, सजन कुमार कार्की, हिमकला थापा, बबिता थापामगर, सातदोबाटोबाट युनिस राइ, कलङ्कीबाट विना श्रेष्ठ र सिता देवकोटा, नारायणघाटबाट जानुका अधिकारी, सातदोबाटोबाटै लिला कुमारी घले गुरुङ र नेत्र बहादुर राउत र नरायणघाटबाट लेखनाथ शर्मा बनेका छन् ।

कोशी प्रदेशबाट अञ्जना कार्की गौतम, बुद्धिसागर ढुङ्गेल, यसोदा आचार्य, अनिता मैनाली, जानुका लुइटेल, होम प्रसाद कोइराला, फुर्तेन्जी शेर्पा, कृष्ण कुमार राइ, छरदेव गजमेयर, महोहन कुमार, नविल श्रेष्ठ, गेण्डा आङजुक भोटे रहेका छन् ।

लुम्बिनी प्रदेशबाट भुपेन्द्र श्रेष्ठ, खुस्बिरा मिया, लक्ष्मी विष्ट, ओम प्रकाश बुढाथोकी र तेज बहादुर अधिकारी रहेका छन् । गण्डकी प्रदेशबाट कमला खत्री र बाबुराम पुरी छन् । मधेष प्रदेशबाट श्री नरायण कुमार दास, कर्णाली प्रदेशबाट चक्र बहादुर केसी छन् ।

जीवन बीमा कम्पनीहरुको इन्ड्रस्ट्रि ग्रोथ ३.७५ प्रतिशत हुँदा आइएमई लाइफको भने ११.१८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा आइएमई लाइफले एक अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेको छ । ५ महिनाको अवधिमा प्रथम बीमा शुल्क ५० करोड नविकरण एक अर्ब १३ करोड रहेको छ । आक्रामक बजार विस्तारका कारण बैंकको प्रथम बीमा शुल्कको हिस्सा धेरै छ । हाल कम्पनीमा सक्रिय बीमालेखको संख्या ३ लाख ९२ हजार भन्दा धेरै रहेका छन् ।

समयमा बीमाशुल्क भुक्तानी गर्न कम्पनीको आह्वान

कम्पनीले बीमितहरुलाई समयमै बीमाशुल्क भुक्तानी गर्न आह्वान गरेको छ । आफ्नो बीमालेखलाई निस्क्रिय हुन नदिन समयमै बीमा शुल्क भुक्तानी गर्न अनुरोध गर्दै आएको छ । समयमा बीमा शुल्क भुक्तानी नगर्दा बीमालेख व्यतीत हुने भएकाले जोखिम कभरेज नहुने र बीमालेख पनि सक्रिय नहुने कम्पनीले जनाएको छ ।

अत्यावश्यक भएको समयमा बीमा कम्पनीले चाहेर पनि ब्यतीत बीमालेखको आधारमा बीमितको कुनै मद्दत गर्न नसक्ने भएकाले आफु र आफ्नो परिवारको सम्पूर्ण सुरक्षाका लागि समयमै प्रिमियम बुझाएर बीमालेख नवीकरण गराउन आह्वान गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया