Nepal Life

घलेम्दी हाइड्रोको नविकेको ३२ लाख कित्ता हकप्रद शेयर लिलामिमा

NMB Bank
  • BFIS News
  • 2024 Jan 16 07:30
घलेम्दी हाइड्रोको नविकेको ३२ लाख कित्ता हकप्रद शेयर लिलामिमा
United Ajod

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले नविकेको ३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद शेयर बोलकबोल लिलामीबाट बिक्री गर्ने भएको छ । कम्पनीले यहि माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न आह्वान गरेको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो। कम्पनीले गएको मंसिरमा चुक्ता पूँजी ५५ करोड रुपैयाँको १ अर्ब १० करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

यस अवधिमा बिक्री हुन नसकेको शेयर न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कायम गरि बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दा«, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया