Nepal Life

कारोबार रकमले दियो बुलिसको संकेत, बुलको आभाष पाउन १० अर्ब माथिको कारोबार हुनु पर्ने

NMB Bank
  • BFIS News
  • 2024 Jan 17 07:18
कारोबार रकमले दियो बुलिसको संकेत, बुलको आभाष पाउन १० अर्ब माथिको कारोबार हुनु पर्ने
United Ajod

काठमाडौं । दोस्रो बजारमा कारोबार रकमले धेरै महत्व राख्छ । मंगलबार दोस्रो बजारमा एक वर्ष ११ महिना १३ दिन यताकै सर्वाधिक धेरै कारोबार भएको छ । यस भन्दा अगाडी २०७८ माघ २० गते ८ अर्ब माथिको कारोबार भएको थियो । जतिवेला शेयर बजार सर्वाधिक उचाइ चुमेर बियरिस यात्राको क्रममा २८७६ अंकमा झरेको थियो ।

Shikhar
Nepal Life
NIMB

मंगलबार त्यसको ७१२ दिन (४४० कारोबार दिन) पछि फेरी ८ अर्ब माथिको कारोबार देख्न पाइएको बजार विश्लेषक सुवास चन्द्र ढुङ्गाना बताउछन् । उनले भने ‘यस अगाडीको बियरिस ११०० पछी बजार बढ्दो क्रममा हुदा ८ अर्बको कारोबार रकम २०७७ मंसिर १४ मा आएको थियो । त्यो बेला नेप्से सूचक १९६८ को बिन्दुमा थियो ।’

बजारले यो अगाडीको उच्चतम बिन्दु ३२२७ पछी मंगलबारको कारोबार दिनसम्म आइपुग्दा ५४७ पटक कारोबार हुँदा औसत कारोबार रकम जम्मा २.९२ अर्ब रुपैयाँ रहेको छ । नयाँ लगानीकर्ता र कारोबारीहरुले महसुस हुने गरि बुलको आभाष दिन बजारले दोहोर अंकको कारोबार १० अर्ब भन्दा माथि हुनु पर्ने विश्लेषक ढुङ्गानाको विश्लेषण छ ।

शेयर बजारमा अधिकतम विन्दुमा पुग्दा दोस्रो बजारमा २१अर्ब भन्दा माथिको कारोबार भएको छ । अवको बुलमा यो कारोबार रकमलाई सहजै तोड्ने संकेत देखिएको छ । दोस्रो बजारमा लगानीकर्ता संख्या सँग सँगै सूचिकृत कम्पनीको संख्या पनि बढिरहेको छ । कुनै समयमा सर्वाधिक धेरै कारोबार हुने १० कम्पनीले नै ५० प्रतिशत हाराहारी हिस्सा ओगट्ने अवस्था थियो । तर अहिले निश्चित कम्पनीमा मात्रै केन्द्रित भएर कारोबार भएको देखिदैन । मंगलबार सर्वाधिक धेरै कारोबार हुने १० कम्पनीको कुल हिस्सा २२.४९ प्रतिशत रहेको छ । यसले पनि लगानीकर्ताको रोजाइमा विविधता छाएको छ । यसले बजारलाई अझ फराकिलो र दरिलो बनाउने विश्लेषकहरु बताउछन् ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया