Nepal Life

सानिमा बैंकले कक्षा ११/११ का विद्यार्थीलाई छात्रवृत्ति दिदै, करिव ७५ हजारसम्मको सुविधा

NMB Bank
  • BFIS News
  • 2023 Jul 21 05:33
सानिमा बैंकले कक्षा ११/११ का विद्यार्थीलाई छात्रवृत्ति दिदै, करिव ७५ हजारसम्मको सुविधा
United Ajod

काठमाडौं । सानिमा बैंकले कक्षा ११ र १२ मा अध्ययन विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्ती प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं  उपत्यका बाहिर रहेका प्रत्येक शाखाहरुबाट २/२ जनालाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ती दिने घोषणा गरेको हो ।

 

Shikhar
Nepal Life
NIMB

बैंकले विगत ११ वर्षदेखि काठमाडौं उपतयका बाहिर रहेका प्रत्येक शाखाहरुबाट २-२ जना विद्यार्थीहरुलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ती प्रदान गर्दै आइरहेको छ । जसमा शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २००० हजार रुपैयाँ नगदवृत्ती पाउदै आएका थिए ।

सोही छात्रवृत्तिलाई निरन्तरता दिदै बैंकले माध्यमिक तह कक्षा ११ र १२ मा अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिर सानिमा बैंकका शाखा रहेका स्थानका स्थायी बासिन्दाहरु मध्ये २०७९ सालमा सञ्चालित एस.ई.ई परीक्षा उत्तीर्ण गर्ने गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु मध्येबाट आवेदन दिन बैंकले आह्वान गरेको छ । छात्रवृत्तीको रकम प्रति वर्ष प्रति विद्यार्थी ५० हजार रुपैयाँसम्मको हुनेछ । जसमा मासिक खर्चका लागि प्रति महिना २००० नगद वृत्ती समावेश हुनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया