Nepal Life

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

NMB Bank
  • बिएफआईएस न्युज
  • 2022 Jan 26 21:22
महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता
United Ajod

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित आयोजित कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।

Shikhar
Nepal Life
NIMB

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत् आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत् सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ ।

यसका साथसाथै रेमिट्यान्स आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दति योजना संचालनमा बैंकले जानकारी दिएको छ । यस योजना अन्तर्गत ११.३५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया