Nepal Life

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न, ६ सञ्चालक निर्वाचित

NMB Bank
  • BFIS News
  • 2024 Jan 25 18:29
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न, ६ सञ्चालक निर्वाचित
United Ajod

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/०७९ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बिहीबार आम्रपाली बैंक्वेट, नक्साल, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरण पारित गरेको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले साविक सानिमा लाइफ र रिलायन्स लाइफ दुबैको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । 

कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षक नियुक्त गरेको छ । 

सभाबाट संस्थापक शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमशः कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः केशव राज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित भएका छन् ।   

कम्पनीको छैठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण शेयरधनीहरु, उपस्थित अतिथी तथा सम्पूर्ण नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्षबाट साधारण सभा समापन भएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया