Nepal Life

प्रिमियममा आइपिओ निष्काशन पछि आई.एमई लाइफले पायो सिनर्जी, मुनाफा ९६ प्रतिशतले बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Jan 28 10:16
प्रिमियममा आइपिओ निष्काशन पछि आई.एमई लाइफले पायो सिनर्जी, मुनाफा ९६ प्रतिशतले बढ्यो
United Ajod

काठमाडौं । आई.एमई. लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा उल्लेख्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाशिक अवधिमा ९६.१४ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा २३ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

Shikhar
Nepal Life
NIMB

गएको असारमा प्रिमियममा आइपिओ निष्काशन गरेको कम्पनीले थप सिनर्जी प्राप्त गरेको छ । प्राथमिक बजारबाट प्रिमियम आर्जन गर्दा कम्पनीको जगेडाकोषदेखी लिएर सम्पुर्ण सूचकमा आक्रामक सुधार देखिएको हो । कम्पनीले  १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो। आइएमई लाइफले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आइपिओ निष्काशन गरेर शेयरधनीदेखि लिएर बीमितको हितमा काम गरेको छ । 

प्रिमियममा शेयर निष्काशन गर्दा शेयरधनीलाई मात्रै नभएर समग्र बीमितहरुलाई पनि फाइदा भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले जानकारी दिए । कम्पनीले प्रिमियमा आइपिओ निष्काशन गर्दा कम्पनीको स्ट्रेन्थमा मात्रै बृद्धि भएको छैन । समग्र फाइनान्सिय सूचकमै सुधार देखिएको उनले बताए । 

दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढी हो।

कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले सेयर प्रिमियम शिर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ रहेको छ। कम्पनीको सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ  रहेको छ। प्रति सेयर आम्दानी (ईपीएस) ११.७४ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १७७.२७ रुपैयाँ छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया