Nepal Life

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Jan 28 10:34
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधिबाट निष्काशन गरेको आइपिओमा संस्थागत लगानीकर्ताले आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थागत लगानीकर्ताले आजसम्म मात्रै कम्पनीको शेयरमा बोलकबोल मूल्य र कित्ताको लागि आवेदन पेश गर्न सक्ने छन् । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले माघ १० गतेदेखि संस्थागत लगानीकर्ताका लागि आह्वान गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको छ । जसको ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सिमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

योग्य संस्थागत लगानीकर्ताहरुले बिक्री मुल्यको सीमामा रहेर बोलकबोल प्रस्तुत गर्न सक्ने छन्। यो प्रकिया नेप्सेले संचालन गर्नेछ।अर्थात योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम भरेर  शिलबन्दी गरि गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले तोकेको मितिको भोलिपल्ट योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित आइपिओ पूर्ण रुपमा बिक्री भए पछि मात्रै प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको सेयर कटअफ मूल्यमा बाँडफाँट गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्ताले सेयर पाउने छैनन्। 

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया