Nepal Life

सानिमा रिलायन्स लाईफको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Jan 28 21:28
सानिमा रिलायन्स लाईफको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त
United Ajod

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । 

Shikhar
Nepal Life
NIMB

कम्पनीको माघ ११  गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो । 

कम्पनीका नवनियुक्त अध्यक्ष केडियाले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले पद तथा गोपनियताको शपथ ग्रहण गरे सँगै आजै पदभार समेत ग्रहण गरेका छन् । उनले नव निर्वाचित अन्य सञ्चालकहरुलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया