Nepal Life

एचआईडिसिएलको मुनाफा ११.४७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ६.६१ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2024 Jan 29 10:28
एचआईडिसिएलको मुनाफा ११.४७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ६.६१ रुपैयाँ
United Ajod

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ' एचआईडिसिएल'को मुनाफा ११.४७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७५ करोड २७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो गत वर्षको यहि अवधिमा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८१.६२ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी भने १९.३७ प्रतिशत घटेको छ।

चुक्तापूँजी बढेपनि नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य सुधार भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २६ पैसा बढेर ६ रुपैयाँ ६१ पैसा बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.०३ गुणा रहेको छ। २२ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ।

कम्पनीले पूँजीबाट मात्रै कर्जा विस्तारको रणनीति तय गर्दा शेयरधनीहरुले पनि आकर्षक प्रतिफल पाउन सकेका छैनन् । कम्पनीले दीर्घकालिन स्रोत जुटाइ जलविद्युतमा लगानी गर्नु पर्ने भएकाले पनि यसमा चुकिरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया