Nepal Life

अपर तामाकोशीको लिलामीका आवेदकको पैसा बन्धक, व्याज सहित फिर्ता गर्न नेपाल सेयरधनी संघको माग

NMB Bank
  • BFIS News
  • 2024 Jan 30 12:13
अपर तामाकोशीको लिलामीका आवेदकको पैसा बन्धक, व्याज सहित फिर्ता गर्न नेपाल सेयरधनी संघको माग
United Ajod

काठमाडौं । नेपाल शेयरधनी संघले अपर तामाकोशी हाइड्रोपावरको नविकेको हकप्रद शेयरमा बोलकबोल लिलामीका क्रममा आवेदन दिने लगानीकर्ताको पैसा एक महिनादेखि बन्धक बनाएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको छ ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले लामो समयसम्म पैसा फिर्ता नगर्दा लगानीकर्ताले गुनासो गर्न थालेका छन् । बोलकबोलका क्रममा शेयर हात नपारेका लगानीकर्ताको पैसा फिर्ता हुन सकेको छैन । कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । अत्याधिक मात्रामा गोप्य शिलबन्दी बोलपत्र पेश भए सँगै धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सन राइज क्यापिटललाई टेण्डर खोल्नै एक साता लाग्यो ।

क्यापिटलले माघ ५ गते शुक्रबार नै टेन्डर खोलिसके पनि उक्त टेन्डरमा शेयर नपरेका लगानीकर्ताहरुले पनि अहिलेसम्म पनि पैसा फिर्ता पाउन सकेका छैनन् । उक्त टेण्डरमा शेयर हात नपारेका लगानीकर्ताहरुले पैसा नपाएको भन्दै गुनासो गरे पछि नेपाल शेयरधनी संघका प्रवक्ता कमलराज अधिकारीले उक्त रकम व्याज सहित तत्काल फिर्ता गर्न जोडदार माग राखिएको जानकारी गराएका छन् ।

यस्तो शिलवबन्धी बोलपत्रको काम अझै पनि अनलाइन प्रणालीमा आउन नसकेको भन्दै लगानीकर्ताहरुले तत्कालन अनलाइन प्रणालीको विकास गर्न अनुरोध गरेका छन् । उनिहरुले अनलाइन अक्सन मार्केट हुनु पर्ने बताएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया