Nepal Life

वेयरहाउजिङ्गको नोक्सानी चुलियो, प्रतिशेयर आम्दानी २६ रुपैयाँले ऋणात्मक

NMB Bank
  • BFIS News
  • 2024 Jan 31 11:21
वेयरहाउजिङ्गको नोक्सानी चुलियो, प्रतिशेयर आम्दानी २६ रुपैयाँले ऋणात्मक
United Ajod

काठमाडौं । वेयरहाउजिङ्गको नोक्सानी थप चुलिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले ९ करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी २ करोड ९९ लाख रुपैयाँ थियो।

Shikhar
Nepal Life
NIMB

आम्दानी बढेपनि कम्पनीको खर्च उल्लेख्य बढेका कारण नोक्सानी बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १४५ प्रतिशत बढेको छ भने कुल आम्दानी १०३.८५ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको वित्तीय खर्च ६५८.९२ प्रतिशत बढेको छ भने कुल खर्च १२२.९१ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा ऋणात्मक रहेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा रहेको छ।

सो अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १५ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया