Nepal Life

राप्ती हाइड्रोले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै, बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Feb 01 12:05
राप्ती हाइड्रोले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै, बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
United Ajod

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

Shikhar
Nepal Life
NIMB

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्नो जारी पुँजी रु ६१,२७,९३,८०० को १०० प्रतिशत अर्थात (१ः१) अनुपातमा ६१,२७,९३८ कित्ता हकप्रद शेयर साविकका शेयरधनीहरुलाई जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लि. लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको तर्फबाट अध्यक्ष कुल विक्रम शाह तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा माघ १७ गते हस्ताक्षर गरेका हुन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया