Nepal Life

मर्जर पछि सिद्धार्थ प्रिमियरको ११ प्रतिशत लाभांश घोषणा, ३० करोड ८७ लाख नगद वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Feb 05 10:30
मर्जर पछि सिद्धार्थ प्रिमियरको ११ प्रतिशत लाभांश घोषणा, ३० करोड ८७ लाख नगद वितरण गर्ने
United Ajod

काठमाडौं । मर्जर पछि सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गर‍ेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर प्रयोजनार्थ सहित) का दरले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
Nepal Life
NIMB

माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको छ । यस वर्ष कम्पनीले शेयरधनीलाई नगद लाभांश मात्रै दिने भएको हो । न्युनतम चुक्ता पूँजी भन्दा धेरै पूँजी भएकाले पनि कम्पनीले नगद मात्रै दिने भएको हो ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया