Nepal Life

नागढुङ्गा सुरुङ फागुन २३ मा ‘ब्रेक थ्रु’को तयारी

NMB Bank
  • BFIS News
  • 2024 Feb 06 18:15
नागढुङ्गा सुरुङ फागुन २३ मा ‘ब्रेक थ्रु’को तयारी
United Ajod

काठमाडौं । नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ। 

Shikhar
Nepal Life
NIMB

नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ। अहिले काम अगाडि बढिरहेको छ। सबै कुरा यथावत् रहे र काम यही गतिमा सञ्चालन भई आगामी मार्च ६ अर्थात् फागुन २३ मा सुरुङ ‘ब्रेक थ्रु’को सम्भावना रहेको छ।

सुरुङ्गमार्गमा गाडी कुदाउन भने अझै एक वर्ष कुर्नुपर्ने हुन्छ। सुरक्षात्मक संरचना, बत्ती जडान,फिनिसिङ् लगायतका कामहरू बाँकी नै रहेकाले गाडी कुदाउन भने ‘ब्रेक थ्रु’ भइसकेपछि एक वर्ष कुर्नुपर्ने छ। दुई हजार ६८८ मिटर सुरुङ निर्माण हुँदैछ। यो सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएपछि नेपाल आधुनिक सुरुङ मार्गमा पहिलो पटक प्रवेश गर्नेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया