Nepal Life

राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दर्खास्त आह्वान

NMB Bank
  • BFIS News
  • 2024 Feb 07 10:53
राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दर्खास्त आह्वान
United Ajod

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले दुई वर्ष पनि नवित्दै पुनः प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । लामो समयको विवाद पछि प्रमुख कार्यकारी अधिकृत बनेका शेखर बरालले पनि १४ महिनामै राजिनामा दिए पछि कम्पनीले आज दर्खास्त आह्वान गरेको हो ।

Shikhar
Nepal Life
NIMB

बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोतर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष एवम् दुवै क्षेत्रमा भए मामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएका नेपाली नागरिकले दरखास्त पेश गर्न सक्ने कम्पनीले जनाएको छ । 

यसका साथै चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमा स्नातक उपहाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक-वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभवन भएको हुनुपर्नेछ ।

दर्खास्त दिंदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजनाको चार प्रति खामबन्दी गरी कम्पनी सचिवसमक्ष पेश गर्नु पर्नेछ । योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिनभित्र सिलबन्दी आवेदन पेश गर्न सक्ने छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया