Nepal Life

प्रिमियममा आइपिओ निष्काशन गरेको हिमालयनले ४ प्रतिशत मात्रै बोनस शेयर दिने

NMB Bank
  • BFIS News
  • 2024 Feb 09 10:59
प्रिमियममा आइपिओ निष्काशन गरेको हिमालयनले ४ प्रतिशत मात्रै बोनस शेयर दिने
United Ajod

काठमाडौं । प्रिमियममा आइपिओ निष्काशन गरेको हिमालन रिइन्स्योरेन्स कम्पनीले यस पटक शेयरधनीलाई भने ४ प्रतिशत मात्रै बोनस शेयर दिने भएको छ । १०६ रुपैयाँ प्रिमियममा आइपिओ निष्काशन गरेको कम्पनीले जम्मा ४ प्रतिशत मात्रै प्रतिफल दिने भएको हो । 

Shikhar
Nepal Life
NIMB

माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । ४ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बोनस शेयर वितरण पछि चुक्ता पूँजी १० अर्ब ४० करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको २० अर्ब पुर्याउन अझै ९ अर्ब ६० करोड आवश्यक पर्नेछ । यदि अदालतले कम्पनीको पक्षमा विपक्षमा फैसला गरिदिएन भने कम्पनीले अझै २५ प्रतिशत भन्दा माथि लाभांश दिन सक्ने क्षमता राख्नेछ । तर प्रिमियम फिर्ता गर्नु पर्ने अवस्था आयो भने कम्पनीले ९६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नु पर्छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया