Nepal Life

नागरिक लगानीकोषको मुनाफा ६.३८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २०.५५ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2024 Feb 09 11:06
नागरिक लगानीकोषको मुनाफा ६.३८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २०.५५ रुपैयाँ
United Ajod

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५४ करोड ६० लाख रुपैयाँ मुनाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषको यस्तो नाफा ५१ करोड ३२ लाख रुपैयाँ थियो।

Shikhar
Nepal Life
NIMB

आम्दानी बढेसँग कोषको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी ८.०७ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी १०.८१ प्रतिशत बढेको छ भने कुल खर्च ३१.०२ प्रतिशत बढेको छ।

नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ५५ पैसामा सीमित भएको छ। कोषको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०७.७८ गुणा रहेको छ। ५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २४ अर्ब ४१ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया