Nepal Life

हिमालयन रि इन्स्योरेन्सले बोनस वितरणपश्चात ८० प्रतिशत हकप्रद निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Feb 11 07:17
हिमालयन रि इन्स्योरेन्सले बोनस वितरणपश्चात ८० प्रतिशत हकप्रद निष्काशन गर्ने
United Ajod

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरण पछि ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । गएको साता ४ प्रतिशत बोनस शेयर घोषणा गरेको कम्पनीले बोनस शेयर र हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया