Nepal Life

सिंगटी हाइड्रोको हकप्रद शेयर निष्काशन तथा बिक्री आजदेखि खुला

NMB Bank
  • BFIS News
  • 2024 Feb 14 09:42
सिंगटी हाइड्रोको हकप्रद शेयर निष्काशन तथा बिक्री आजदेखि खुला
United Ajod
Shikhar
Nepal Life
NIMB

 

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

उक्त सेयर निष्काशन गर्नको लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। उक्त सम्झौता-पत्रमा सिंगटी हाईड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका थिए।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ।

सिंगटी हाईड्रो इनर्जीको अधिकृत पुँजी २ अर्ब ९० करोड रूपैयाँ, जारी पुँजी २ अर्ब ९० करोड रूपैयाँ छ । हकप्रद सेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रूपैयाँ हुने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा छ । सिंगटी हाइड्रो इनर्जीले प्रचलित कानुन बमोजिम २०६७ साल जेठ ०५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भई २०७५ साल असार ६ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आईरहेको छ । कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविधुत आयोजना २५ मेगावाट क्षमताको आयोजना २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।

कम्पनीका अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । हकप्रद शेयर जारी बाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.ली. द्धारा प्रबर्धित सभा खोला “बी” २१.५ मे.वा. र सभा खोला “सि” ६.३ मे.वा. मा ५१ प्रतिशत र ह्याविट्याट पावर कम्पनी प्रा.ली द्धारा प्रर्बद्धित हेवा ए सान जलविद्युत आयोजना ७.५ मे.वा. मा ५१ प्रतिशत लगानी गर्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया