Nepal Life

रेसिङ अटोमोबाइल्सले ल्यायो 'दुईमा दुई' उपहार योजना

NMB Bank
  • BFIS News
  • 2024 Feb 14 09:46
रेसिङ अटोमोबाइल्सले ल्यायो 'दुईमा दुई' उपहार योजना
United Ajod

काठमाडौं। रेसिङ अटोमोबाइल्स प्रा.ली. ले "दुईमा दुई" अफर ल्याएको छ। आफ्नो स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा नयाँ अफर घोषणा गरेको यो कम्पनीले २०८० साल फाल्गुन महिना भित्र गाडी खरिद गर्ने सम्पूर्ण ग्रहकलाई दुई पटक निःशुल्क फूल सर्भिसिङ्ग उपहारको रूपमा दिने भएको हो।

Shikhar
Nepal Life
NIMB

रेसिङ अटोमोबाइल्सले आफ्नो व्यवसायिक जीवनको पहिलो वर्ष सफलतापूर्वक व्यतीत भएको खुसियालीमा यस्तो उपहार योजना सार्वजनिक गरेको जनाएको छ। रेसिङ अटोमोबाइल्सका प्रबन्ध निर्देशक रुद्र ढुंगेलका अनुसार यो अटोमोबाइल्स व्यापक आर्थिक सुस्तताको बिच पनी एक वर्षमा उल्लेख्य संख्यामा गाडी खरिद बिक्री गर्न सफल भएको छ। उनका अनुसार अहिले मध्यम मूल्यका गाडीहरुमा खरिदकर्ताको आकर्षण देखिएको छ।

काठमाडौं कलंकीस्थिति भाटभटेनी सुपरमार्केट नजिक रेसिङ बजारमा रहेको यो कम्पनीले नयाँ तथा पुराना गाडिहरु खरिद/विक्री गर्दै आएको छ। स्थापनाको पहिलो वर्षमा नै ग्राहकहरुको विश्वास जित्न आफू सफल भएको जनाउँदै दोस्रो वर्षमा प्रवेश गर्दा आफ्ना ग्राहकहरुलाई उहाँहरूले गरेको विश्वास र भरोसा प्रती कम्पनीले आभार समेत व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया