Nepal Life

सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ निष्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Feb 15 10:22
सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ निष्कासन गर्ने
United Ajod
Shikhar
Nepal Life
NIMB

सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ। यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँड गरि बाँकी रहेको सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो।

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिन सकिने छ।

आइपिओमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्ममा माग अनुसार आवेदन नपरेमा फागुन २७ गतेसम्म लम्ब्याइनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया