Nepal Life

कतिमा होला सर्वोत्तम सिमेन्टको पहिलो कारोबार ? आइपिओ किन्दा फाइदा कि घाटा (विश्लेषण)

NMB Bank
  • BFIS News
  • 2024 Feb 15 11:30
कतिमा होला सर्वोत्तम सिमेन्टको पहिलो कारोबार ? आइपिओ किन्दा फाइदा कि घाटा (विश्लेषण)
United Ajod

काठमाडौं । सर्वोत्तम सिमेन्टले यहि फागुन १३ गतेदेखि आइपिओ निष्काशन गर्दैछ । कम्पनीको आइपिओ खरिद गर्दा अन्य कम्पनीहरुको तुलनामा यस पटक अलि बढि नै रकम जोहो गर्नु पर्नेछ ।

Shikhar
Nepal Life
NIMB

बुक विल्डिङ विधिबाट पहिलो पटक आइपिओ निष्काशन गरिरहेको सर्वोत्तम सिमेन्टको आइपिओमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्नेछ । यस सँगै १० कित्ताको मात्रै आवेदन दिनेहरु बञ्चित हुनेछन् ।

प्रतिकित्ता ३६०.९ रुपैयाँको दरले ५० कित्ताका लागि आवेदन दिन कम्तिमा पनि १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्नेछ । अझ यो भन्दा धेरैको लागि आवेदन दिने हो भने अझ धेरै रकम आवश्यक पर्नेछ । यसका लागि तत्कालिन समयमा कम्पनीको आइपिओमा पर्ने आवेदनका आधारमा निर्णय गर्न सकिनेछ ।

यति धेरै पैसा हालेर खरिद गरिएको कम्पनीको शेयर दोस्रो बजारमा भने न्युनतम १८५.३६ रुपैयाँदेखि अधिकतम ५५६.०८ रुपैयाँबाट सुरु हुनेछ । यदि दोस्रो बजारमा सूचिकृत भएको भोलिपल्ट ओपनिङ सेसनमा न्युनतम मूल्यमा पहिलो म्याचिङ भयो भने सोहि मूल्यबाट बढ्न सुरु गर्नेछ साथै अधिकतम मूल्यमा पहिलो म्याचिङ भयो भने सोही मूल्यबाट घटबढ सुरु हुनेछ ।

यदि पहिलो कारोबार अधिकतम मूल्यमै भयो भने पनि लगानीकर्ताले पहिलो दिनमै १९५ रुपैयाँ फाइदा कमाउने छन् । यदि मानौ ५० कित्ता आइपिओ पर्यो भने उसको लागत १८ हजार ४५ रुपैयाँ पर्न जान्छ । साथै अधिकतम मूल्यमा कारोबार म्याचिङ भयो भने एक कित्ताको शेयर मूल्य ५५६ रुपैयाँ कायम हुनेछ । यहि मूल्यमा शेयर बिक्री गरियो भने पनि १९५ रुपैयाँको दरले ९ हजार ७५९ रुपैया मुनाफा हुनेछ ।

यस भन्दा अगाडी प्राय पहिलो कारोबार अधिकतम रेञ्जबाटै सुरु हुने गरेको पाइन्छ । बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन हुँदा कम्पनीले प्रारम्भिक रुपमा निर्धारण गरेको मूल्य भन्दा धेरै कममा झरेको छ ।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशत अर्थात ६० करोड कित्ता शेयर मध्ये आयोजना प्रभावित र वैदेशिक रोजगारीम गएका नेपालीका लागि आइपिओ निष्काशन गरिसकेको छ । वैदेशिक रोजगारमा गएका नेपालीले आह्वान गरे जति सबै शेयर खरिद गरिसकेका छन् भने प्रभावितले खरिद नगरेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर पनि सर्वसाधारणका लागि बिक्री गर्न थालिएको छ ।

यसरी प्रभावितले खरिद नगरेको सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । सामुहिक लगानीकोषहरुका लागि एक लाख ५४ हजार २२७ कित्ता शेयर सुरक्षित गरिएको छ । त्यस्तै कर्मचारीका लागि पनि सोही बराबरको शेयर सुरक्षित गरिएको छ ।

कम्पनीले प्राथमिक बजारबाट एक अर्ब ५६ करोड ५४ लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब ६५ करोड पुग्नेछ । कम्पनीले प्राथमिक शेयर पश्चात ६० करोड पूँजी र एक अर्ब ५६ करोड प्रिमियम सहित २ अर्ब १६ करोड ५४ लाख उठ्नेछ । अहिले नै कम्पनीको जगेडा कोषमा साढे तीन अर्ब भन्दा माथि रहेको छ । आइपिओ निष्काशन पछि ५ अर्ब नाघ्नेछ । यस हिसावले कम्पनीले आगामी वर्षमा आकर्षक लाभांश दिन सक्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया