Nepal Life

२०६२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम पनि घट्यो

NMB Bank
  • BFIS News
  • 2024 Feb 15 15:51
२०६२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम पनि घट्यो
United Ajod
Shikhar
Nepal Life
NIMB

नेप्से परिसूचक १४.४६ अंक घटेर २०६२.०३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०५ स्टकको ८१ हजार ५६ पटकको कारोबारमा ३ बर्अ ८६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य क्रमशः ९ हजार ३११ रूपैयाँ ८० पैसा र एक हजार ४८६ रूपैयाँ ६० पैसा कायम भएको छ। 

बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६५५ रूपैयाँ ७० पैसामा २२ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.८६ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सगरमाथा जलविद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४३० रूपैयाँमा ११ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया