Nepal Life

एक वर्षमा सर्वाधिक धेरै घटेका ५१ कम्पनी, ११ वटाको शेयर एक वर्ष यताकै सस्तोमा किन्ने अवसर

NMB Bank
  • BFIS News
  • 2024 Feb 17 11:50
एक वर्षमा सर्वाधिक धेरै घटेका ५१ कम्पनी, ११ वटाको शेयर एक वर्ष यताकै सस्तोमा किन्ने अवसर
United Ajod

काठमाडौं । शेयर बजारमा बढ्दो समयमा भन्दा घट्दो समयमा कम जोखिम हुन्छ । लगानीकर्ताहरुले बजार बढेपछि मात्रै शेयर किन्दा सधै नोक्सानी बेहोर्नु पर्छ । यदि अत्याधिक बढिसकेको शेयर छ भने त्यसमा बढ्ने सम्भावना कम हुन्छ । साथै कुन सूचनाले बढेको हो त्यो सूचनाको म्याद सकिन थालिसकेको हुन्छ ।

Shikhar
Nepal Life
NIMB

यदि कम्पनीको शेयर धेरै नै तल्लो विन्दुमा छ भने बढ्दो बजारमा अवसर पनि हो । जुन कम्पनी जति घट्नु पर्ने थियो घटिसकेको हुँदा लगानीकर्ताका लागि कम जोखिम हुन्छ । बिहीबारको कारोबारका आधारमा कयौ कम्पनी एक वर्ष यताकै न्युन विन्दुमा झरेका छन् ।

हिमालयन बैंक, हिमालयन डिष्ट्रिलरी, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नविल बैंक, एनआइसी एशिया बैंक, नेपाल इन्भेषेटमेन्ट बैंक, नेपाल ल्युब आयल, एनएमबी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंकको शेयर मूल्य एक वर्ष यताकै सर्वाधिक तल्लो विन्दुमा झरेको छ ।

यसरी ५१ वटा कम्पनीको शेयर मूल्य एक वर्ष यताकै सर्वाधिक सस्तो मूल्यको वरिपरी छन् । मौद्रिक समिक्षा र समग्र आर्थिक अवस्थाका कारण केहि समयदेखि शेयर बजार तल्लो वन्दुमा छ । यो भनेको लगानीकर्ताको लागि उपयुक्त अवसर पनि हो । बैंक वित्तीय संस्थाले कर्जा लगानी बढाउन सकेका छैनन् । यसले गर्दा बैंकमा निक्षेप थुप्रिएको छ । अर्थतन्त्र चलायमान हुन नसक्दा आर्थिक मन्दीको प्रभाव तल्लो तहमै पुगिसकेको छ । व्यापारिक मल तथा कम्प्लेक्स र मूल्य बजारमै सटर बन्द छन् । होटल पसलमा खासै चहलपहल छैन ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अधिकाम्स बैंक वित्तीय संस्थाको खराव कर्जा यति धेरै बढेको छ कि आगामी वर्ष लाभांश नै दिन नसक्ने अवस्थामा पुगेका छन् । यदि ६ महिनामा कायापलट भयो भने मात्रै हो नत्र यस आर्थिक वर्षमा खासै सुधार हुने सम्भावना कम छ ।

अहिलेको गिरावट अव धेरै समय कायम रहने देखिदैन । चैत महिनामा व्याज र किस्ताको लागि दवाव पर्ने हुँदा फागुन दोस्रो साताबाट बजार बाउन्स हुने सम्भावना धेरै रहन्छ । साथै आगामी बैशाख महिनामा पनि बजार बढ्ने सम्भावना हुने भएकाले यो समय लगानीकर्ताका लागि लगानी गर्ने सबैभन्दा उपयुक्त समय मानिन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया