Nepal Life

यि हुन् बजार करेक्सन हुँदा पनि सर्वाधिक बढेका ६५ कम्पनी, समाज लघुवित्तकाले कमाए सर्वाधिक धेरै

NMB Bank
  • BFIS News
  • 2024 Feb 18 20:34
यि हुन् बजार करेक्सन हुँदा पनि सर्वाधिक बढेका ६५ कम्पनी, समाज लघुवित्तकाले कमाए सर्वाधिक धेरै
United Ajod

काठमाडौं । लगातार बढिरहेको शेयर बजारमा केहि समयदेखि लगातार करेक्सन भइरहेको छ । तीन महिनाको अवधिमा नेप्से सूचक १८२९ अंकबाट २१७५ हुँदै आइतबार २०३४ अंकमा झरेको छ । यसरी तीन महिनामै नेप्से सूचक ३४६ अंकले बढ्यो । साथै अधिकतम विन्दुबाट १४१ अंकले करेक्सन भइसकेको छ । बजार करेक्सन पछि पनि अझै २०५ अंकको सुधार देखिन्छ ।

Shikhar
Nepal Life
NIMB

शेयर बजार पछिल्लो वियरिस मार्केटलको तल्लो विन्दुमा झरेर सुधार सँगै करेक्सनको क्रम चलिरहेको छ । यसरी बढ्दो क्रममा रहेको बजारमा नेपाल राष्ट्र बैंकको मौद्रिक समिक्षा, सूचिकृत बैंक वित्तीय संस्थाको खराव कर्जा, आर्थिक मन्दी लगातको कारणले बजार प्रभावित भइरहेको छ । यसै सन्दर्भमा बैंक वित्तीय संस्थाका बिरुद्धमा समाजिक सञ्जाल मार्फत आइरहेका गलत प्रचार र दोस्रो बजारलाई प्रभावित पार्ने गरि भइरहेका गतिविधिहरुले पनि अदृश्य रुपमा प्रभावित पारिरहेको छ ।

यसै सन्दर्भमा पनि पछिल्लो एक वर्षकौ दौरामा न्युनतम मूल्यबाट आखु खोला जलविद्युत, बलेफी हाइड्रोपावर, बोटलर्स नेपाल बालाजु, खानीखोला हाइड्रोपावर, मैलुङ हाइड्रोपावर कम्पनी, समाज लघुवित्त, युनियन हाइड्रोपावर कम्पनीको शेयर मूल्य अधिकतम विन्दुबाट सत प्रतिशत भन्दा धेरैले सुधार भएका छन् । जस मध्ये समाज लघु वित्तको शेयर मूल्य एक वर्षको अवधिमा न्युनतम ६४ रुपैयाँबाट १६३५ रुपैयाँ पुगेको छ । यसरी एक वर्षको अवधिमा न्युनतम मूल्यबाट ७० प्रतिशत भन्दा माथि सुधार हुने कम्पनीको संख्या ६५ रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया