पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम प्रतिकित्ता मूल्य २८०
- BFIS News
- 2024 Feb 20 10:19
काठमाडौं । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आज (फागुन ८ गते) देखि बोलकबोलमार्फत सेयर बिक्रीमा राखेको हो।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकिएको छ। सेयर खरिदका लागि नेपाल पुनर्बीमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले फाल्गुन ११ देखि ३५ (पैंतीस) दिन अर्थात २०८० साल चैत्र १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लि., नक्साल, काठमाडौंमा न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्न सक्नेछन्।

![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया