Nepal Life

गणपूरक संख्या नपुग्दा दुई पटक स्थगित नेशनल हाइड्रोको साधारणसभा पुन: बोलाइयो

NMB Bank
  • BFIS News
  • 2024 Feb 26 08:56
गणपूरक संख्या नपुग्दा दुई पटक स्थगित नेशनल हाइड्रोको साधारणसभा पुन: बोलाइयो
United Ajod

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले पुन: वार्षिक साधारणसभाको मिति तय गरेको छ। यसअघि दुईपटक साधारणसभाका लागि मिति तय गरिए पनि गणपुरक संख्या नपुगेपछि स्थगित भएका थिए।

Shikhar
Nepal Life
NIMB

नयाँ मिति अनुसार फागुन ३० गते बुधबार बिहान ११:०० बजे बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा साधारणसभा बोलाइएको हो।

गणपुरक संख्या नपुगी स्थगित भएको साधारणसभालाई के कसरी गर्ने भनि नियमक निकाय कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा कम्पनीले निवेदन दिएको थियो।

कम्पनीले रजिष्ट्रारको कार्यालयबाट शेयरधनीहरुलाई यर्याप्त सूचना दिई न्यूनतम २५ प्रतिशत गणपुरक संख्या पुऱ्याई यथासिघ्र साधारणसभा सम्पन्न गर्ने भनि निर्देशन प्राप्त भएपछि फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले पुन: साधारणसभा आह्वान गरेको हो।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आव २०७१/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा प्रस्ताव गरिने छ भने लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको २ नगद प्रवाह विवरणसाग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने जनाइएको छ।

यस्तै आव. २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्ध पत्रको दफा ६ को (क) र (ख) संसोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया