Nepal Life

अर्थतन्त्र लयमा फर्किए पनि चुनौतीमुक्त भने भइसकेको छैन : अर्थमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Feb 26 14:04
अर्थतन्त्र लयमा फर्किए पनि चुनौतीमुक्त भने भइसकेको छैन : अर्थमन्त्री
United Ajod

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले  मुलुकको अर्थतन्त्र लयमा फर्किए पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने भइनसकेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

आर्थिक वर्ष २०८१/०८२ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले मुलुकको अर्थतन्त्र लयमा फर्किए पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने भइनसकेको बताए।

अर्थमन्त्री महतले भे, ‘‘लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बिचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको छ।’’

आर्थिक क्रियाकलापको संरचना र प्रविधिमा आएको परिवर्तनका कारण राजश्व संकलनमा चुनौती थपिएको उनले उल्लेख गरे। विद्युत उत्पादन र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको उनले उल्लेख गरे।

अर्थमन्त्री महतले बाह्य क्षेत्रतर्फ चालु खर्च सोधान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सृजना गरेको बताए। राजश्व सङ्कलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको उनले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया