Nepal Life

लगातार घट्दै आएको सेयर बजार आज दोहोरो अंकले बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Feb 26 15:33
लगातार घट्दै आएको सेयर बजार आज दोहोरो अंकले बढ्यो
United Ajod

काठमाडौं । लगातार ६ दिन घटेको सेयर बजार आज बढेको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको हो। सोमबार नेप्से १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ। सोमबारको बजारमा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रूपैयाँको सेयर कारोबार भएको थियो। आइतबारको तुलनामा आज कारोबार रकममा १ अर्ब ७ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१४ वटा धितोपत्रको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच भएको हो। सोमबार १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने २७५ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

यसदिन बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १६ हजार २३२ रूपैयाँ ३० पैसा कायम भएको छ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ८.१६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६८९ रूपैयाँ पुगेको छ। नेपाल हाउजिङको ७.६५ प्रतिशत, सोनापुरको ७.३५ प्रतिशतले सेयर मूल्य बढेको हो।

समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य एक हजार ७६२ रूपैयाँ ९० पैसामा झरेको छ। यस्तै, बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य ८.७७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४९ रूपैयाँ कायम भएको छ।

सोमबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ४३८ रूपैयाँमा ९ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ७.३५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१६ रूपैयाँमा ७ करोड ७५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ३ समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक ०.२५ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया