Nepal Life

लाभांश प्रस्तावसहित युनाइटेड इदी मर्दी हाइड्रोपावरको साधारणसभा आज

NMB Bank
  • BFIS News
  • 2024 Feb 29 07:44
लाभांश प्रस्तावसहित युनाइटेड इदी मर्दी हाइड्रोपावरको साधारणसभा आज
United Ajod

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीको साधारणसभा आज बस्दै छ। आभ्या क्लब घारीपाटन–१७ पोखरा  कास्कीमा साधारणसभा बोलाइएको छ।

Shikhar
Nepal Life
NIMB

साधारणसभामार्फत लाभांश प्रस्ताव पारित गरिँदै छ। फागुन ३ गतेसम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन्। कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया