Nepal Life

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बिक्री आजदेखि खुला

NMB Bank
  • BFIS News
  • 2024 Feb 29 08:12
अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बिक्री आजदेखि खुला
United Ajod

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले चुक्तापुँजीको १:१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुलाएको हो।

 

Shikhar
Nepal Life
NIMB

माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले हुन आउने १ करोड ६८ लाख ७९ हजार ६२६ कित्ता शेयर निष्काशन गरेको हो। यसका लागि चैत्र ७ गतेसम्म आवेदन दिन सकिनेछ।

आवेदकले कम्पनीको केन्द्रीय कार्यालय, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएका शाखा कार्यालय, तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया