Nepal Life

साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले घट्यो नेप्से

NMB Bank
  • BFIS News
  • 2024 Feb 29 15:42
साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले घट्यो नेप्से
United Ajod

काठमाडौं । साताको अन्तिम कारोबारको दिनमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २८.६८ अंक घटेर १९७२.०९ विन्दुमा पुगेको छ।

Shikhar
Nepal Life
NIMB

आज सेन्सेटिभ इण्डेक्स ४.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ।

आज १३ वटै उपसमूहको परिसूचक राताम्य भएको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबारका दिन २ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ।

आज बोटलर्स नेपाल (बलाजु) को शेयर सकारात्मक सर्किटमा का लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १ हजार ९६४ रुपैयाँ १० पैसा बढेर २१ हजार ६०५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ९ दशमलव ८६ प्रतिशत बढेको छ।

जोशी हाइड्रोपावरको शेयरमा भने नकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ घटेर ३५० रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ११ करोड १३ लाख १० हजार बढीको सेयर खरिदबिक्री भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया