Nepal Life

गत एकसातामा १ करोड ८१ लाख बढी कित्ता शेयर नेप्सेमा सूचीकृत

NMB Bank
  • BFIS News
  • 2024 Mar 01 13:25
गत एकसातामा १ करोड ८१ लाख बढी कित्ता शेयर नेप्सेमा सूचीकृत
United Ajod

काठमाडौं । एक साताको अवधिमा (फागुन १३ गतेदेखि १७ गते) सम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९ कम्पनीको १ करोड ८१ लाख ३४ हजार ७४३ कित्ता सेयर सूचीकृत भएको छ।

Shikhar
Nepal Life
NIMB

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बराबरको ४४ लाख ९८ हजार ०७७.३७ कित्ता, हाथेव इन्भेष्टमेन्टको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता, सिटिजन लाइफको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता, नेपाल इन्स्योरेन्सको १० प्रतिशत बराबरको १४ लाख ९४ हजार ७६६ कित्ता सूचिकृत भएको छ।

यस्तै, शिवम सिमेन्टको १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता, राधि विद्युतको ४.७५ प्रतिशत बापतको ७ लाख ९६ हजार ९०.४१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। फर्स्ट माइक्रोफाइनान्सको भने ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सूचीकृत भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया