Nepal Life

क्रेस्ट माइक्रो लाइफले सुरु गर्यो लघु बीमा व्यवसाय

NMB Bank
  • BFIS News
  • 2023 Jul 26 15:47
क्रेस्ट माइक्रो लाइफले सुरु गर्यो लघु बीमा व्यवसाय
United Ajod

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि लघु जीवन बीमा व्यवसायको शुभारम्भ गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सुर्खेतको बिरेन्द्रनगरमा एक समारोह विच औपचारिक कारोबारको उद्घाटन गरेका हुन् ।

Shikhar
Nepal Life
NIMB

व्यवसाय शुभारम्भको उद्घाटन गर्दै पौडेलले प्रचलित कानुनको परिधिपत्र रहेर व्यवसाय गर्न अनुरोध गरेका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष ऋषिराज मोर भौतिक रुपमा भने उपस्थित भएका थिएनन् । उनले भर्चुअल माध्यमबाटै कार्यक्रमलाई संबोधन गरेका थिए । उनले अन्य बीमा कम्पनीहरुले खासै ध्यान नदिएका वर्गलाई न्यून बीमा शुल्कमा स–सानो बीमांकको बमालेख जारी गरी उनीहरुको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य लिइएको बताएका छन् । कम्पनीले दुरदराजमा रहेका नेपालीहरुलाई बीमाको पहुँचमा ल्याउने जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमा शुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको जानकारी दिएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया