Nepal Life

अव एउटा मात्रै डिम्याट खाता प्रयोग गर्नु पर्ने, आफ्नै एउटा डिम्याटबाट अर्कोमा सिधै शेयर ट्रान्सफर गर्न पाउने

NMB Bank
  • BFIS News
  • 2024 Mar 02 11:18
अव एउटा मात्रै डिम्याट खाता प्रयोग गर्नु पर्ने, आफ्नै एउटा डिम्याटबाट अर्कोमा सिधै शेयर ट्रान्सफर गर्न पाउने
United Ajod

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ लिमिटेड एउटा मात्रै डिम्याट खाताको प्रयोग गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल एक जना व्यक्तिले दुई वटासम्म डिम्याट खाता प्रयोग गर्न पाउने व्यवस्था छ । यो नियम लागु हुनु भन्दा अगाडी एउटै व्यक्तिको दुई भन्दा धेरै डिम्याट खाता रहेको थियो । यसरी धेरै वटा डिम्याट खातामा शेयर हुँदा एउटै डिम्याट खातामा सार्न पाउने व्यवस्था नहुँदा लगानीकर्तालाई समस्या पर्दै आएको छ । 

Shikhar
Nepal Life
NIMB

एउटै व्यक्तिका एक भन्दा धेरै डिम्याट खाता सञ्चालन हुँदा एउटै व्यक्तिले दुई भन्दा धेरै डिम्याट खाताबाट आइपिओमा आवेदन दिनेदेखि लिएर धेरै वटा ब्रोकरबाट शेयर कारोबार हुँदै आएको छ । सिडिएससीले यसलाई नियन्त्रण गर्न एउटा मात्रै डिम्याट खाताको प्रयोगलाई अनिवार्य गर्न भने सकेको छैन । 

एक जनाको धेरै वटा डिम्याट खाता रहेको र सबैमा शेयर हुँदा कुनै सिडिएससीले एक बाहेक अरु खाता बन्द गराउन सकेको छैन । त्यसैले एक व्यक्तिको धेरै वटा डिम्याट खाता छ भने उसले सजिलै एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा अनलाइनबाटै शेयर ट्रान्सफर गर्न पाउने व्यवस्था मिलाउन थालेको हो । यसका लागि सफ्टवेयर निर्माण गर्ने काम भइरहेको सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । 

सिडिएसीले मेरो शेयरबाटै शेयर ट्रान्सफर गर्न मिल्ने गरि काम गरिरहेको छ । यसो हुने वित्तीकै एउटा व्यक्तिले आफ्नो विभिन्न डिम्याट खातामा रहेका शेयरहरुलाई विना शुल्क एउटै डिम्याट खातामा ट्रान्फर गराउन सक्नेछ । अहिलेको अवस्थामा एउटा डिम्याटबाट अर्को डिम्याट खातामा शेयर ट्रान्सफर गर्दा दोस्रो बजारबाट खरिद बिक्री गरेर मात्रै सम्भव छ । यसरी दोस्रो बजारबाट आफै शेयर खरिद बिक्री गर्दा कमिशन देखि लिएर सबै शुल्क भुक्तानी गर्नु पर्छ । 

यस्तो सुविधा एउटा व्यक्ति र अर्को व्यक्तिको डिम्याट खाताबाट भने ट्रान्सफर गर्न पाइने छैन । यसका लागि एउटै व्यक्तिको दुई वा सो भन्दा धेरै डिम्याट खाता छ भनेर भेरीफाइ हुनु पर्छ । मानौ एक जनाको तीन वटा डिम्याट खाता छ भने उसले कुनै एक खातामा बाँकी दुई वटा डिम्याट खातामा रहेको शेयर ट्रान्फर गर्न पाउनेछ । सिडिएससीले अवको केहि समय भित्रै यो सुविधा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।   

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया