Nepal Life

सिंगटीको हकप्रदमा आवेदन दिनुभयो? आज अन्तिम दिन हो है!

NMB Bank
  • BFIS News
  • 2024 Mar 05 07:38
सिंगटीको हकप्रदमा आवेदन दिनुभयो? आज अन्तिम दिन हो है!
United Ajod

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले गत फागुन २ गतेदेखि हकप्रद खरिदका लागि आवेदन खुला गरेको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको छ। यस अनुसार कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।  

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत पुस २२ गते बुक क्लोज गरेको थियो। तसर्थ पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रदका सेयरमा आवेदन दिन सक्नेछन्।  

लगानीकर्ताले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।  त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी  क्यापिटल ,कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा कुमारी  क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा छ । सिंगटी हाइड्रो इनर्जीले प्रचलित कानुन बमोजिम २०६७ साल जेठ ०५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भई २०७५ साल असार ६ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आईरहेको छ । कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविधुत आयोजना २५ मेगावाट क्षमताको आयोजना २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।

कम्पनीका अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । हकप्रद शेयर जारी बाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.ली. द्धारा प्रबर्धित सभा खोला “बी” २१.५ मे.वा. र सभा खोला “सि” ६.३ मे.वा. मा ५१ प्रतिशत र ह्याविट्याट पावर कम्पनी प्रा.ली द्धारा प्रव्रद्धित हेवा ए सान जलविद्युत आयोजना ७.५ मे.वा. मा ५१ प्रतिशत लगानी गरिनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया