Nepal Life

अपर हेवाखोला हाइड्रोपावरले बोलायो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Mar 05 09:00
अपर हेवाखोला हाइड्रोपावरले बोलायो साधारणसभा
United Ajod

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा बोलाइएको छ। साधारणसभा
चैत्र १६ गते शुक्रबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा बिहान ११ बजे बोलाइएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीको फागुन १६ गते बसेको संचालक समिति बैठकले साधारणसभा बोलाउने निर्णय गरेको थियो। सभाका लागि कम्पनीले फागुन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन पाउनेछन्।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ भने संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्नुका साथै सर्वसाधारण शेयरधनी समूहबाट एकजना संचालक पनि निर्वाचित गर्नेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया