Nepal Life

निफ्राको 'लक-इन' अवधि आज सकिँदै, साधारण सेयर जसरी नै हुन्छ त कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Mar 06 08:37
निफ्राको 'लक-इन' अवधि आज सकिँदै, साधारण सेयर जसरी नै हुन्छ त कारोबार?
United Ajod

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको उक्त अवधि आज सकिन लागेको छ।  

Shikhar
Nepal Life
NIMB

बैंकले सूचना जारी गर्दै हाल बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक–इनमा रहेको जनाएको छ। लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्।  

कम्पनीको संस्थापक शेयरको लक इन पिरियड खुला भए पनि उक्त शेयर सर्वसाधारण झैँ बजारमा किन/बेच गर्न भने पाइने छैन। संस्थापकले आफ्नो शेयर बिक्री गर्नु परे पहिले कम्पनीमा निवेदन दिनु पर्ने छ। त्यस पछि कम्पनीले आफ्नै कम्पनीका शेयधनीलाई प्राथमिकतामा राख्दै ३५ दिने सूचना निकाल्ने छ। ३५ दिने सूचनाका आधारमा कम्पनीकै संस्थापकले किन्न नचाहेको खण्डमा मात्रै कम्पनी बाहिरको मानिसलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ। जसले कम्पनीको संस्थापक शेयर किन्छ। किनेपछि खरिदकर्ता नै पुनः कम्पनीको संस्थापक हुनेछ।

निफ्रा नेपाल राष्ट्र बैंकको नियमनमा पर्ने भएकाले अन्य कम्पनीको जस्तो व्यवस्था यसमा लागू हुँदैन। लक-इन पिरियड सकिएपछि सबै संस्थापक सेयर साधारण सेयरमा परिणत हुने अन्य कम्पनी जस्तो व्यवस्था निफ्राको हकमा लागू हुँदैन ।

बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका कम्पनीबाहेकका नेप्सेमा सूचीकृत कम्पनीको संस्थापक सेयर आइपिओ बाँडफाँट भएको ३ वर्षसम्म लक-इनमा रहने व्यवस्था छ। ३ वर्षको लक-इन पिरियडपश्चात सबै सेयर सर्वसाधारण सेयरसरह नै कारोबार हुन्छ । यो व्यवस्था निफ्रामा भने लागू हुँदैन।

गत २०७७ माघ २ गतेबाट बैंकले ८ करोड कित्ता आइपिओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो। बैंकको आइपिओ बाँडफाँट २०७७ माघ १६ गते भएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया