Nepal Life

माइक्रोफाइनान्स सम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकको आह्वान

NMB Bank
  • BFIS News
  • 2023 Jul 27 10:52
माइक्रोफाइनान्स सम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकको आह्वान
United Ajod

काठमाडौं ।  नेपाल राष्ट्र बेंकले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि अलग्गै गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ ।  

 

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार यस गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो पैसा तिर्नुनपर्ने (टोल फ्रि) फोन नम्बर १८१०५००००२२ मार्फत वा बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np बाट वा इमेल [email protected] मार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको  छ । 

राष्ट्र बैंकको सूचनामा भनिएको छ 'नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त 'घ' वर्गका लघुवित्त वित्तीय संस्थाका ऋणीहरूको गुनासो सुनुवाइका लागि नेपाल राष्ट्र बैंकले अलग्गै गुनासो सुनुवाइ डेस्क स्थापना गरी गुनासो सम्बोधन गर्दै आएको छ । 

लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढङ्गमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेकोलगायत अन्य जुनसुकै गुनासो भएमा पैसा तिर्नु नपर्ने (Toll Free) फोन नम्बर १८१०५००००२२ मार्फत वा गुनासो दर्ता गर्ने अनलाइन पोर्टल gunaso.nrb.org.np बाट वा इमेल [email protected] मार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीलाई जानकारी गराइन्छ ।'

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया