Nepal Life

सामाजिक सुरक्षा कोषको वैदेशिक रोजगारका श्रमिकको परिवारलाई जोड्ने तयारी

NMB Bank
  • BFIS News
  • 2024 Mar 09 08:48
सामाजिक सुरक्षा कोषको वैदेशिक रोजगारका श्रमिकको परिवारलाई जोड्ने तयारी
United Ajod

काठमाडौं । सामाजिक सुरक्षा कोषले श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकका परिवारलाई जोड्ने गरी तयारी गरेको छ । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक गरेर विदेश जाने सबै भए पनि यसलाई निरन्तरता दिने असाध्यै कम भएपछि अबदेखि परिवारलाई जोडेपछि निरन्तरता हुुने भन्दै यस्तो तयारी गरेको हो । 

Shikhar
Nepal Life
NIMB

कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकका परिवारलाई आबद्ध नगरेसम्म वैदेशिक रोजगारीमा जाने श्रमिक कोषको योजनामा आबद्ध गर्न नसकिने देखिएपछि कोषले यस्तो तयारी गरेको हो । कोषको योजनामा आबद्ध भएर जाने श्रमिक र उनीहरूका परिवारलाई कोषमा रकम जम्मा गर्दाको फाइदाबारे जानकारी नहुँदा कोषको योजनामा निरन्तरता दिने कम भएको कोषको बुुझाइ रहेको छ । 

कोषको योजनामा पहिलो पटक आबद्ध भएर वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशमा कमाएको रकम आफ्नो परिवारलाई पठाउने गरेकाले परिवारमार्फत कोषको योजनामा निरन्तरता गराउने वातावरण गराउन सकियो भने भविष्यमा श्रमिक र उनीहरूका परिवार दुुवैलाई लाभ हुुने कोषको भनाइ छ । 

अहिले कोषको योजनाबाट प्राप्त हुुने लाभबारे न श्रमिकलाई पूर्ण जानकारी छ न परिवारलाई नै । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनुुपूर्व रहेका श्रमिकले कोषमा दुुई हजार तीन सय रुपियाँ बुुझाउनुु पर्छ । कोषले गएको चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा आबद्ध गराउन थालेको हो । 

कोषमा गएको चैत ८ गतेदेखि फागुुन २४ गतेसम्म छ लाख ९९ हजार सात जना कोषको योजनामा आबद्ध भएका छन् तर निरन्तरता दिने श्रमिकको सङ्ख्या असाध्यै कम रहेको छ । कोषका अनुसार कोषमा वैदेशिक रोजगारीमा गएकामध्ये चार हजारको हाराहारीले मात्रै निरन्तरता दिएका छन् । बाँकीलाई कोषको योजनामा आबद्धतालाई निरन्तरता गराउन सकिएको छैन । 

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनुुपूर्व कोषको योजना आबद्ध भएकाहरूले निरन्तरता दिएमा योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याइएको छ । 

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट सामाजिक सुरक्षा कोषले डेढ अर्ब योगदान रकम सङ्कलन गरेको छ । श्रमिकले न्यूनतम दुई हजार तीन सय रुपियाँँदेखि अधिकतम २८ हजारसम्म कोषमा मासिक योगदान गर्न पाउँछन् । कोषका अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जानेमध्ये मलेसिया जाने धेरै श्रमिक कोषमा आबद्ध रहेका छन् । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकले अग्रिम रूपमा योगदान गरेमा १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमबाट विप्रेषण पठाएको प्रमाण पेस गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने व्यवस्था वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योजनामा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९ मा गरिएको छ । 

कोषका अनुसार दुर्घटना, अशक्तता र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत सुविधा नलिएमा २० प्रतिशत रकम छुटको व्यवस्था तथा नेपालमा फर्केपछि अन्य जस्तै औपचारिक, अनौपचारिक र स्वरोजगार योजनामा जान सक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषबाट कर्जा तथा सापटीको व्यवस्था हुन सक्ने प्रावधान राखिएको छ । 

कोषका अनुसार हालसम्म कोषको योजनामा हालसम्म ११ लाख ८४ हजार ४८३ जना आबद्ध भएका छन् । जसमा वैदेशिक रोजगारीमा जानेको करिब सात लाख रहेको छ भने औपचारिक क्षेत्रको चार लाख ८५ हजार २७८ जना आबद्ध भएका छन् ।  नयाँ जाने श्रमिकले श्रम स्वीकृति पूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने भनिएको छ । 

कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुुरु गरेको जनाएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया