Nepal Life

एलिना प्रकरणमा समीक्षाको प्रतिक्रियाः ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला’

NMB Bank
  • BFIS News
  • 2024 Mar 11 09:21
एलिना प्रकरणमा समीक्षाको प्रतिक्रियाः ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला’
United Ajod

काठमाडौं । यही फागुन २० गते पर्वतको कुश्मामा आयोजित महोत्सवमा सांगीतिक प्रस्तुतिका क्रममा गायिका एलिना चौहान र साउन्ड टेक्निसियनबीच भनाभन भएको विषयमा पक्ष विपक्षमा मत जाहेर गर्ने क्रम जारी छ। 

Shikhar
Nepal Life
NIMB

तर गायिका समीक्षा अधिकारीले मध्यस्थकर्ताका रूपमा प्रतिक्रिया दिएकी छन्। गायिका अधिकारीले प्राविधिक र कलाकार एकअर्काका परिपूरक भएको उल्लेख गर्दै दुवै पक्ष मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिएकी छन्। 

‘प्राविधिक र कलाकार नङ र मासुजस्तै हौँ’, समीक्षाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एउटालाई काटे अर्कोलाई दुख्छ, हामी सबै संगीतकर्ममा छौँ। दुवै पक्षले आत्मालोचना गरेर अघि बढ्नु नै महानता हो।’

उनले उक्त घटनालाई नारायण गोपालको स्वरमा रहेको गीत ‘गल्ती हजार हुन्छन्...’सँग तुलना गर्दै आफूलाई बलियो बनाउन गायिका एलिनालाई सुझाव पनि दिएकी छन्।  

‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला। जस्तोसुकै परिस्थितिमा पनि होस नगुमाई हामी सबै अघि बढ्नु पर्दछ’, अधिकारीले लेखेकी छन्, ‘बि स्ट्रोङ एलिना चौहान दि।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया