Nepal Life

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Mar 12 07:35
माउन्टेन इनर्जी र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं। माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि फागुन ३० गते बुक क्लोज गर्दैछन्।

Shikhar
Nepal Life
NIMB

आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन्।

माउन्टेन इनर्जीले गत आर्थिक वर्ष २०७९/८० का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले आगामी चैत १३ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ। उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ।  

त्यस्तै नेशनल लघुवित्तले पनि गत आवका लागि ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका सहित) गरी कुल १५प्रतिशत लाभांश घोषणा गरेको छ। संस्थाले आगामी चैत १६ गते आयोजना गर्ने वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया