Nepal Life

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Mar 12 09:20
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो। यसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्।

Shikhar
Nepal Life
NIMB

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया